ग्राहक झुक्याउने पोखराको साल्ट ट्रेडिङ: चिनी अभाव बढ्यो माग

चार दिनमै सकियो मौज्दात तेल

पाेखरा | असोज २४, २०८०

ग्राहक झुक्याउने पोखराको साल्ट ट्रेडिङ: चिनी अभाव बढ्यो माग

पोखरा:   बडा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले ४३ जिल्लामा साल्ट ट्रेडिङ​ कर्पाेरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । 

 

तीन ठुला चाडपर्वलाई मध्यनजर गर्दै सरकारले असोज २१ गतेदेखि देशको ४३ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

 

जहाँ सुपथ मूल्य पसलमा चिनी, चामल, नुन, गेडागुडी लगायत विभिन्न खाद्यान्न समाग्रीहरु सुपथ मूल्यमा विक्री वितरण हुदैं आएको छ । तर सरकारले भनेजस्तो समाग्री भने उपलब्ध गराउन सकेको छैन । 

 

 

 

सरकारले घोषणा गरेको मिति देखिनै गण्डकी प्रदेश अन्तरगत पोखरामा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत दरमा कारोबार सुरु गर्याे । 

 

सरकारको घोषणा अनुसार सहुलियत पसल सञ्चालनमा भएको स्थानमा चिनी खरिद गर्न गए ग्राहक रित्तो हात फर्किन बाध्य छन् । कर्पाेरेशनमा चिनीको अभाव छ तर उपझोत्ताको माग भने झन झन बढ्दै गएको छ । 

 

पोखरा लगायत सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने स्थानमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहकको संख्या बढी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकीका प्रमुख बासुदेव उपाध्यायले बताए ।

 

‘सरकारले चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ, सहुलियत पसलमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहक बढी छन्’, प्रमुख उपाध्यायले भने, ‘पोखरामा अहिले नुन, चामल र तोरीको तेल बाहेक अरु खाद्यान्न हामीसँग मौजाद छैन्, अरु बिक्री गर्न सकिएको छैन् ।’
 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख उपाध्यायले पोखरामा सञ्चालनमा आएको सहुलियत पसलबाट दशै अगाडि चिनी विक्री गर्न नसक्ने बताए ।

 

‘सरकारले चिनी प्रतिकेजी ९७ रुपैयाँ कायम गरेको छ, ग्राहकको माग पनि बढी चिनीमा छ, काठमाडौ लगायत केही स्थानमा मौजाद रहेको चिनी बिक्री भएको छ होला’, उनले भने, ‘काठमाडौं लगायत बाहिरी जिल्लाका सुपथ मूल्य पसलमा सरकारले चिनी खरिद गरेर नपठाउँदा दशै अगाडि चिनी विक्री गर्न गाह्रो छ ।’

 

उनले सहुलियत पसलबाट चिनी विक्री गर्न नसक्दा ग्राहकको संख्या न्यून रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेशले आयोनुन प्रतिकेजी ६ केजी र तोरीको तेल र चामल भने ग्राहकले माग बमोजिम खरिद गर्न सक्ने कार्यालयको दाबी छ ।

 

तर पसल सञ्चालन आएको चार दिन नबित्दै तोरीको तेलको मौजाद सकिएपछि तेल खरिदका लागि गएका ग्राहक रित्तो हात फर्किन बाध्य छन् । तर तोरीको तेल कम्पनीमा माग गरिएकाले भोलि बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले जनाएको छ । 

 

कार्यालयले अहिले नुन १८ रुपैयाँ, तोरीको तेल, ३ सय ५० र प्रिमियम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १ सय ६५ रुपैयाँमा विक्री गरिरहेको छ । 

 

चार दिनमै सकियो मौज्दात तेल

 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले अहिले सहुलियत पसलबाट नुन, प्रिमियम जिरा मसिनो चामल  र तोरीको तेल मात्र विक्री गरिरहेको छ । 
 

 

साल्ट ट्रेडिङले सहुलियत पसलबाट तीन दिनमा १ हजार ८ सय १६ केजी नुन, ४३ बोरा चामल र २ सय लिटर तोरीको तेल विक्री गरेको छ । पसल सञ्चालनमा आएको चारदिनमै मौजाद रहेको तेल सकिएपछि तेलको माग

 

गरिसकेकाले बिहीबार बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले दाबी गरेको छ । सहुलियत पसल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्